नेपालमा अवका ५ वर्षसम्म सवारी साधन आयात रोक्न माग

ram naam satya

(GMT+08:00) 2017-11-15 15:37:21 यातायात व्यवसायीहरुले ५ वर्षसम्म सवारी साधन आयात बन्द गर्न माग गरेका छन्। सडक अनुसार सवारी साधन धेरै भएको र प्रदुषण बढेको भन्दै उनीहरुले ५ वर्षसम्म सवारी साधनको आयात बन्द गर्न माग गरेका हुन्। वर्षेनि हजारौँ सवारी साधन भित्रिरहेको र त्यस अनुरुप सडकको अवस्था नाजुक बन्दै गइरहेको भन्दै उनीहरुले यस्तो माग अघि सारेका हुन्। ‘हामी व्यवसायीहरु यातायातका साधन विस्थापित पछि नयाँ स्थापित गर्ने सोचमा रहेकाले ५ वर्षसम्म सवारी साधन आयात रोक्न माग गरेका हौँ’ नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष भरत तिमल्सिनाले भन्नुभयो। उहाँले पटक पटक आवाज उठाउँदा पनि आफूहरुको माग सुनुवाइ नभएको आरोप लगाउनुभयो।

सवारी साधन रोक्दा राजस्वमा असर पर्ने भएता पनि राजस्वमा दख्खल नपर्ने विकल्पमा आफूहरु छलफल गर्न तयार रहेको उहाँले सुनाउनुभयो। उपत्यका मात्रै हेर्ने हो भने सडकको लम्बाइ १३ सय १९ किमी अर्थात ५२ लाख २८ हजार ३२० फिट छ। उपत्यकामा चल्ने ९ लाख सवारी साधनले ६५ लाख ९७ हजार २५३ फिट बढी सडक ओगट्छ। आर्थिक वर्ष २०६९/७० मा साना, ठूला र मोटरसाइकल गरी नेपालमा २ लाख ८ हजार ४ सय ८३ सवारीसाधन भित्रिएका थिए। यसरी भित्रिने यातायातको संख्या अत्याधिक बढेपछि व्यवसायीहरुले आयात बन्द गर्न माग गरेको सेतोपाटी अनलाइनले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *