नेपालबाट भारततर्फ जडीबुटीको निकासी पूर्ण रूपमा बन्द

ram naam satya
नेपालगन्ज-दुई महिना यता नेपालबाट भारततर्फ हुने जडिबुटीको निकासी पूर्णरूपमा बन्द भएको छ । निकासी बन्द हुँदा करिब १० अर्बभन्दा बढीको जडिबुटी व्यवसायीका गोदाममा थन्किएको नेपाल जडिबुटी व्यवसायी संघले पत्रकार सम्मेलन गरेर जनाएको छ। १० हजार मेट्रिक टन बढी जडिबुटी गोदाममा थन्किएको संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताउनुभयो।

 

भारतीय क्वारेन्टाइनले ५४ प्रकारका विभिन्न जडिबुटीको भारत निकासीमा प्रतिबन्ध लगाउँदा निकासी बन्द भएपछि जडिबुटी खेती, संकलन र व्यापारमा लागेका २५ लाख नेपाली प्रभावित भएको अन्सारीको भनाइ छ। उहाँले नेपालगन्जमा मात्र करिब डेढ अरबको १ हजार ५ सय मेट्रिक टन जडिबुटी गोदाममा थन्किएको जनाउनुभयो। भण्डारणको राम्रो व्यवस्था नहुँदा गोदाममा थन्किएका अधिकांश जडिबुटी खराब हुन थालेकोले व्यवसायीले ठूलो नोक्सानी उठाउनु पर्ने अवस्था आएको उहाँले बताउनुभयो। भारतमा सबैभन्दा बढी निकासी हुने जडिबुटीमध्ये रिठा, टिमुर, बोजो, तेजपत्ता, कुटकी, दालचिनी र कपुर भारत तथा नेपालमा नाममात्रै फरक परेका कारण भारतले निकासीमा प्रतिबन्ध लगाएको अगुवा व्यवसायी रवीन्द्रनाथ शुक्लाले बताउनुभयो।

भारतमा सबैभन्दा बढी निकासी हुने जडिबुटीमध्ये रिठा, टिमुर, बोजो, तेजपत्ता, कुटकी, दालचिनी र कपुरको भारत तथा नेपालमा नाम मात्रै फरक परेका कारण निकासीमा प्रतिबन्ध लगाइएको जडिबुटी समस्या समाधान समितिका संयोजक हल्वाईले जनाउनुभएको कारोबार अनलाइनले लेखेको छ। ९९ प्रतिशत जडिबुटी भारतमै निकासी हुँदै आएकोमा अहिले निकासी बन्द हुँदा किसान, संकलक र व्यवसायी सबै मारमा परेको संघको भनाइ छ। केहीलाई मात्र निकासीको अनुमति दिइएको छ। अन्य सबै जडिबुटीको निकासीमा रोक लगाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *