नेपालद्वारा संयुक्त राष्ट्रसंघमा अमेरिकाको विपक्षमा मतदान

ram naam satya
नेपालले संयुक्त राष्ट्रसंघीय महासभामा अमेरिकाको विपक्षमा मतदान गरेको छ। जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिकाका घोषणा फिर्ता गर्नु पर्ने प्रस्तावका पक्षमा नेपालले मतदान गरेको सेतोपाटी अनलाइनले लेखेको छ।

केही दिनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिनु भएको थियो। विवादित जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएपछि त्यसको चर्को विरोध भएको थियो। राष्ट्रसंघीय महासभाले अमेरिकालाई सो मान्यता फिर्ता लिन प्रस्ताव ल्याएको थियो।

अमेरिकाका सहयोगी राष्ट्रहरु फ्रान्स, बेलायत, जर्मनी र जापानले पनि राष्ट्रसंघको प्रस्तावको पक्षमा मतदान गरेका छन्। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले प्रस्तावको पक्षमा मतदान गर्ने राष्ट्रलाई आर्थिक सहायतामा कटौती गरिदिने चेतावनी दिनु भएको थियो।

प्रस्तावको पक्षमा १२८ राष्ट्रले मत हाले भने विपक्षमा ९ राष्ट्र उभिए। क्यानडा, अष्ट्रेलियालगायत ३५ देश मतदानमा सहभागी भएनन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *