नेपालगञ्जमा नेपालकै सबैभन्दा ठूलो ग्याँस प्लाण्ट

ram naam satya
नेपालगन्जमा देशकै ठूलो र अत्याधुनिक अक्सिजन ग्यास प्लान्ट सोमबारदेखि संचालनमा आएको छ। प्लान्टबाट दैनिक ४७ लिटर क्षमताका एक हजार सिलिण्डर अक्सिजन, १२ सय लिटर नाईट्रोजन र जिरो एयर ग्यास उत्पादन भइरहेको बताइएको छ।

एच. ओ. अक्सिजन ईन्डस्ट्रिज प्रा.लिले संचालनमा ल्याएको करिब १० करोड रुपैयाँ लागतमा स्थापना गरिएको हो। अन्नपूर्ण पोस्ट अनलाइनका अनुसार प्लान्ट संचालनमा आएसँगै नारायणघाटदेखि पश्चिम क्षेत्रमा सहज र सुलभ ढंगले अक्सिजन तथा नाईट्रोजन ग्यास उपलब्ध हुने संचालकको भनाइ छ।जनसंख्याको बढ्दो चाप, बिरामीहरुको वृद्धि, उद्योग विस्तार, अस्पताल आदीको अध्ययन गरेर सुलभ तरिकाले अक्सिजन र नाईट्रोजन उपलब्ध गराउन प्लान्ट स्थापना गरिएको संचालक गौरब कुमार श्रेष्ठले दाबी गर्नुभयो।

बाँकेका युवा व्यवसायी सम्मिलित हरि ओम ग्रुपको लगानी रहेको एच.ओ. अक्सिजन इन्ड्रष्ट्रिज नेपालमै सबैभन्दा धेरै उत्पादन क्षमता भएको प्लान्ट भएको बताइएको छ । खासगरी पश्चिम नेपालको अक्सिजन र नाईट्रोजन ग्यासको बजारलाई हेरेर प्लान्ट संचालनमा ल्याएको ग्रुपका सदस्य तुषार साहले बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *