नेपालको सरकारी निकायभन्दा निजी क्षेत्रको विजुली उत्पादन बढी

ram naam satya
(GMT+08:00) 2017-12-12 17:52:38

        नेपालको निजी क्षेत्रले विद्युत् उत्पादनका क्षेत्रमा सरकारी निकायलाई पछि पारेको छ। सरकारले विद्युत् उत्पादन सुरु गरेको १ सय ६ वर्षमा ४७३.३९४ मेगावाट उत्पादन गरी केन्द्रीय ग्रीडमा जोडेकोमा निजी क्षेत्रले उत्पादन सुरु गरेको दुई दशकमै ४७७.३०२ मेगावाट पुर्याई उछिनेको हो। १३.६ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको उत्पादनसँगै केन्द्रीय ग्रिडमा निजी क्षेत्रको ४७३.३०२ मेगावाट र विद्युत् प्राधिकरणका ३९ आयोजनाबाट ४७३.३९४ मेगावाट रहेको थियो। तर, निजी क्षेत्रले हालै ४ मेगावाटको सर्तीखोला जलविद्युत् आयोजनाको व्यापारिक उत्पादन सुरु गरेसँगै विद्युत् प्राधिकरणलाई पछि पारेको तथ्यांकले देखाएको छ।

प्राधिकरणका अनुसार निजी क्षेत्रबाट ६७ जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा भएको छ । विद्युत् ऐन २०४९ ले नेपालमा पहिलोपटक निजी क्षेत्रले समेत विद्युत् उत्पादन गर्न सक्नेगरी खुला गरेपछि २०५१ सालमा हिमाल पावर लिमीटेडले ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको लाइसेन्स पाएकोमा २०५७ सालदेखि उत्पादन सुरु गरेको थियो। त्यसपछि मात्र निजी क्षेत्रले यति धेरै क्षमतामा विद्युत् उत्पादन गर्न सकेको कारोबार अनलाइनले लेखेको छ।

१९६९ सालमा ५ सय किलोवाटको फर्पिङ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको थियो भने २०१७ पछि विद्युत् कर्पोरेसन, विकास समिति र २०४१ पछि विद्युत् प्राधिकरणमार्फत सरकारले विद्युत् उत्पादनका आयोजनाहरू अघि बढाउँदै आएको छ। प्रजातन्त्र पुनस्र्थापनापछि लिइएको उदार अर्थतन्त्रअनुसार निजी क्षेत्रलाई विद्युत् उत्पादनमा खुला गरिएको हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *