नेपालको सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयमा योग कक्षा

ram naam satya
(GMT+08:00) 2017-11-28 15:55:01
त्रिभुवन विश्वविद्यालयले अगामी शैक्षिक सत्रदेखि योग विषय अध्ययन थाल्ने भएको छ । नागरिकन्यूज डटकमका अनुसार त्रिवि संस्कृत विभागले एक वर्षे योग विषय अध्ययन गराउन लागेको हो।संस्कृत विभाग प्रमुख नारायण गौतमका अनुसार विश्वविद्यालय कार्यकारी परिषदले योग शिक्षा विषय अध्यापनको अनुमति पाइसकेको छ। कुनै पनि विषयमा स्नातक गरेको विद्यार्थीले मात्र एक वर्षे योग शिक्षा अध्ययन गर्न पाउने छन् । ‘कुल १२ सय पूर्णांकको एक वर्षे योग शिक्षाका लागि विद्यार्थीले स्नातकमा पास गरेको हुनुपर्छ,’ विभागीय प्रमुख गौतमले भन्नुभयो, ‘यसमा ६ सय पूर्णांकको प्राक्टिकल र ६ सय पूर्णांकको सैद्धान्तिक विषय पढाइन्छ।’

गौतमका अनुसार पहिलो वर्ष ४० विद्यार्थी भर्ना लिइन्छ। दुई सेमेस्टरमा पढाइने यो विषयका लागि विद्यार्थीले प्रति सेमेस्टर ५० हजार खर्च लाग्ने अनुमान छ । हाल स्वदेश तथा विदेशका विद्यार्थीसमेत भर्नाका लागि सम्पर्कमा आइसकेको गौतमले जनाउनुभयो। आइतबारको योगाभ्यासमा पनि जर्मनी, हल्यान्ड र फिलिपिन्सका विद्यार्थी सहभागी थिए।

योग गुरु सिम्खडाले जीवन र परमात्मा संगम नै योग भएकोले योगले मानव शरीर र मस्तिष्क स्वस्थ्य राख्ने बताउनुभयो। योग सह–प्रशिक्षक डा. सुवोध शुक्लले योग विषय संस्कृतसँग जोडिएकाले पठनपाठन संस्कृत भाषामा भए पनि त्यसको अनुवाद भने नेपालीमा समेत गरिने बताउनुभयो।

त्रिवि उपकुलपति तिर्थ खनियाँले विश्वविद्यालयमा प्राचिनदेखि अधुनिक विषय अध्यापन गराइने भएकाले योग शिक्षा तत्काल सुरु गर्न सबै खालका सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *