नेपालको व्यापार घाटा झण्डै ९ खर्ब

ram naam satya

वैदेशिक व्यापारमा नेपालको खस्किँदो अवस्थाले एकपछि अर्को रेकर्ड राखिरहेको छ। चालू आर्थिक वर्षको ८ महिनामा मुलुकमा ९ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने ६१ अर्ब २२ करोड रुपैयाँमा सीमित रहेको कारोबार अनलाइनले लेखेको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आठ महिनामा आयात २२.९ प्रतिशतले बढेको छ भने निर्यातको वृद्धि १५.३ प्रतिशतमात्रै छ। निर्यात परिमाणात्मकभन्दा पनि डलरको मूल्यमा आएको वृद्धिका कारण बढेको हो। आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापारघाटा बढ्दै गएको हो। केन्द्रका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा कुल व्यापारघाटा ८ खर्ब ८७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।आठ महिनाको तथ्यांक अनुसार मुलुकको कुल वैदेशिक व्यापार १० खर्ब १० अर्ब ३३ करोड छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.४ प्रतिशतले धेरै हो। पहिलो आठ महिनामा पेट्रोलियम पदार्थ ३५.५ प्रतिशतले बढेर १ खर्ब ३७ अर्ब ६० करोड पुगेको छ। यसैगरी, फलाम तथा स्टिल र तिनका उत्पादनको आयात ३३.७ प्रतिशतले बढेर १ खर्ब १२ अर्ब ४० करोड, मसिनरी तथा पार्ट्स ३.६ प्रतिशतले घटेर ७९ अर्ब ८६ करोड पुगेको तथ्यांक छ। यातायातका साधन र तिनका पार्टपुर्जाको आयात १४.२ प्रतिशतले बढेर ६४ अर्ब १ करोड पुगेको छ। इलेक्ट्रोनिक सामग्रीको ३९.१ प्रतिशतले बढेर ३९ अर्ब ६३ अर्ब पुगेको केन्द्रले जनाएको छ।अन्न आयात २१.२ प्रतिशतले बढेर ३६ अर्ब ७१ करोड अर्ब पुगेको छ। यस्तै हवाईजहाज तथा यसका पार्ट्सको आयात १ सय ५६.१ प्रतिशतले बढेर १९ अर्ब ३२ करोड पुगेको छ।

सुनको आयात १३.६ प्रतिशतले बढेर २३ अर्ब ४३ करोड पुगेको छ। यसैगरी, औषधि आयात १३.६ प्रतिशतले बढेर २० अर्ब ९६ करोड पुगको छ भने पोलिथिनको आयात २३ प्रतिशतले बढेर १५.५५ अर्ब पुगेको केन्द्रको तथ्यांक छ। यस अवधिमा मुलुकबाट निकासी भएका प्रमुख वस्तुमा पोलिस्टर तथा अन्य धागो, फलाम तथा स्टिल, ऊनी गलैंचा, तयारी पोसाक, जुट तथा जुटका सामान, जुस, चिया, कपडा, अलैंची, पस्मिना सललगायत छन्। यस अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा पोलिस्टर तथा अन्य धागोको निर्यात २३.५ प्रतिशतले वृद्धि भई ६ अर्ब ३४ करोड, फलाम तथा तिनका उत्पादनको निर्यात ३५.३ प्रतिशतले बढेर ४ अर्ब ९२ करोड , ऊनी गलैंचाको ८.६ प्रतिशतले बढेर ४ अर्ब ८५ करोड पुगेको छ। तयारी पोसाक निर्यात ४.१५ अर्ब पुगेको छ। जुट तथा जुटका उत्पादनको निर्यात ४.१ प्रतिशतले बढेर ३.७१ अर्ब पुगेको छ ।यस्तै, २ अर्ब ३५ करोडको चिया, २.२९ अर्बको टेक्सटाइल, २ अर्ब २२ करोडको अलैंची, १.५३ अर्बको पस्मिना सल १.१६ अर्बको फेल्ट, १ अर्ब ५ करोडको जडीबुटी, ९० करोडको मुसुरोको दाल र ७७ करोडको जुत्ता निर्यात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ। मुलुकको वैदेशिक व्यापार साझेदार मुलुकमा भारत, अमेरिका, जर्मनी, टर्की, युके, चीन, बंगलादेश, फ्रान्स, इटाली, जापान, क्यानडा, अस्ट्रेलिया, डेनमार्कलगायत रहेका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *