नेपालको वनजन्य उद्योगमा निजी क्षेत्रले हालसम्म करिव ८६ अर्ब लगानी

ram naam satya

नेपालको वनजन्य उद्योगमा निजी क्षेत्रले हालसम्म करिव ८६ अर्ब लगानी रहेको पाइएको छ। पछिल्लो समय वन पैदावारको माग बढेसँगै वनजन्य उद्योगमा लगानी गर्न निजी क्षेत्र उत्साहित देखिएका छन् ।

नेपाल वन पैदावार उद्यम व्यवसायी महासंघका अनुसार हालसम्म निजी क्षेत्रले लगानी गरेका वनजन्य उद्योगको संख्या ५ हजारभन्दा बढी छ। सःमिल, कत्था (खयर), प्लाइउड उद्योग, फर्निचर उद्योग जस्ता वनजन्य उद्योगमा निजी क्षेत्रको लगानी छ। पछिल्लो समय ठूला र आधुनिक भवन निर्माणसँगै काठ खपत बढ्नु, आधुनिक झ्याल तथा ढोकाको प्रयोग बढ्नु, प्लाइउडको माग बढ्नु र सोफा, दराज, टेबल, खाटलगायतका फर्निचरका सामाग्रीहरूको प्रयोग बढेसँगै यस्ता सामग्रीहरूको बजार माग पनि दिनानुदिन बढ्दै गइरहेको छ।

वन पैदावारको बजार माग बढेसँगै वनजन्य उद्योग पनि बढ्ने क्रममा रहेको महासंघले जनाएको छ । महासंघका अनुसार वनजन्य उद्योग स्थापना बढाउन सके विदेशबाट आयात हुने फर्निचरजस्ता रेडिमेड सामग्रीहरूको आयात रोकिने छ । वन क्षेत्रमा लगानी गर्न निजी क्षेत्र उत्साहित रहे पनि नेपालमा लगानीमैत्री वातावरणको व्यवस्था हुन नसकेको व्यवसायीहरूको गुनासो छ।

पछिल्लो समय भने वन तथा भू–संरक्षण मन्त्रालयले वनमा लगानी गर्नका लागि निजी क्षेत्रलाई प्रोत्साहनका योजनाहरू बनाएको छ। वन पैदावारको बिक्री वितरण बढाउँदै वनबाटै आर्थिक समृद्धि हासिल गर्नका लागि वनमा लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको भन्दै वन मन्त्रालयले निजी क्षेत्रसँग पनि छलफल भइरहेको बताएको कारोबार अनलाइनले लेखेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *