

बुटवलदेखि पश्चिम खण्डको डीपीआर निर्माणमा विभागका अधिकारीहरु जुटेका छन् । रेल विभागका प्रवक्ता प्रकाश उपाध्यायका अनुसार उक्त खण्डको डीपीआर १० महिनाभित्र तयार पारिसक्ने लक्ष्य छ ।
लालबन्दीदेखि बर्दिवाससम्मको ३० किमिमा निर्माण शुरु भइसकेको छ। उपाध्यायका अनुसार ठेक्का लागेपछि पनि पुल निर्माण सक्न करिब तीन वर्ष लाग्छ। पुल बनेपछि मात्र रेलको लिक बिछ्याउन शुरु हुन्छ। मध्य भाग अर्थात् सिमराबाट पर्सा वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज हुँदै नवलपरासी जोड्ने भागको डीपीआर विवादित अवस्थामा छ। आरक्ष र निकुञ्ज क्षेत्र भएकाले विभागले त्यसको विकल्पबारे अध्ययन थालेको छ। सोही कारण मध्यभागको डीपीआर नै काम नलाग्ने भएको छ। पूर्वपश्चिम रेलमार्गको अवधारणामा सन् २००८ देखि काम शुरु भएको हो, जसको डीपीआरले अन्तिम रुप पाउन अझै वर्षदिन लाग्ने देखिएको छ। निर्माण शुरु भएका इलाकामा पनि कछुवा गतिमा काम भइरहेको छ।
