

नेपालको दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सात तारिख सम्पन्न भएर हाल विभिन्न क्षेत्रको निर्वाचन नतिजा पनि सार्वजनिक हुँदै गएको छ। हालसम्ममा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बेग्ला बेग्लै गरी पहिलो र दोस्रो स्थान रहेका छन्। पाटन लगायत विभिन्न शहरमा खुशीयाली मनाउने गतिविधिहरू आयोजना गरिएका छ।
थाहा भएअनुसार, हाल नेकपा एमालेले 75 निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले 32 र नेपाली कांग्रेस 21 वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विजयी भएको छ।

प्रदेशसभा निर्वाचनबाट हेर्दा नेकपा एमालेले 160 निर्वाचन क्षेत्रमा विजयी भएको छ भने नेकपा माओवादी केन्द्र 69 र नेपाली कांग्रेस 38 वटा निर्वाचन क्षेत्रमा विजयी भएको छ।

विश्लेषकहरूका अनुसार, वर्तमान परिणामबाट हेर्दा पछि सार्वजनिक हुने मतदान नतिजाबाट वर्तमान अवस्था प्रभावित हुनेछैन भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट गठित वामगठवन्धन अग्रस्थानमा रहेको छ।
