नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ अन्तरिक्षमा प्रक्षेपण भएकोमा प्रधानमन्त्रीको बधाइ

ram naam satya

नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। भू-उपग्रह प्रक्षेपणपछि प्रधानमन्त्री केपी शर्मा ओली र उपराष्ट्रपति नन्दबहादुर पुनले खुसी व्यक्त गर्नुभयो।

 

उपराष्ट्रपति पुनले विज्ञप्ती जारी गर्दै बिहीबार बिहान २:३१ बजे नेपालको पहिलो भू–उपग्रह अन्तरिक्षतर्फ पठाएकोमा खुशी भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘नेपाल भू–उपग्रह प्रक्षेपण गर्ने मुलुकको सूचीमा जोडिएको छ। सानै प्रयास भए पनि अन्तरिक्षमा नेपालको सहभागिता हुनु ज्यादै खुशी र गौरवको कुरा हो।’

उहाँले यो नेपालको गौरवको कुरा भएको बताउँदै समग्र नेपालीलाई बधाइ दिनुभयो। प्रक्षेपण पूर्ण सफल हुने अपेक्षा रहेको बताउँदै उहाँले प्रक्षेपण कार्य गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान (नास्ट) र नेपाली वैज्ञानिकहरुलाई धन्यवाद दिनुभयो।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटमार्फत नेपालको पहिलो भू-उपग्रह प्रक्षपण गर्ने सबै निकायहरुलाई बधाइ दिनुभयो। उहाँले यो कार्यले नेपाललाई समृद्धितर्फ धकेलेको बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *