

नेपालकै पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले फुडमाण्ड अनलाइन फुड फेस्टिबल आयोजना गर्न लागेको छ। फुड फेस्टिबल यहि डिसेम्बर २२ देखि जनवरी ५ सम्म संचालन हुन लागिरहेको छ। यस फेस्टिबलमा ३३ वटा रेष्टुरेन्टहरु सहभागी हुन लागेका छन्।
फेस्टिबलको अवधिभर फुडमाण्डुको खाना मगाउनेले एक बोटल कोका कोला सित्तैमा पाउने कम्पनीले जनाएको छ। साथै हरेक दिन ५० जना ग्राहकहरु छानेर समर्सबी सित्तैमा दिन लागिएको छ। त्यस्तै हजार भन्दा बढीको खाना अर्डर गर्नेले २ वटा कफीको कुपन पनि प्राप्त गर्नेछ । यो अवधि भर खाना अर्डर गर्नेलाई डेलिभरी शूल्क नलाग्ने फुडमाण्डुका सिइओ मनोहर अधिकारीले जानकारी दिनुभयो। साथै हरेक दिन सबभन्दा बढी मूल्यको खाना अर्डर गर्ने एक जना ग्राहक र उत्सव भरि सब भन्दा बढी मूल्यको साथै सबै भन्दा वढी पटक अर्डर गर्ने एक एक जना ग्राहकहरुले आकर्षक उपहार प्राप्त गर्ने अधिकारीले बताउनुभयो।
यसका साथै अनलाईन खेल खेलेर खानाको छुट भौचर, फेसबुक प्रतियोगितामा विभिन्न उपहारहरु जित्न सकिने अनलाइनखबरले लेखेको छ।
