नेपालको पर्यटकीय नगरी चितवनमा भैँसी विज्ञको अन्तर्राष्ट्रिय सम्मेलन

ram naam satya
(GMT+08:00) 2017-11-16 14:04:04

चितवनको सौराहामा बुधबारदेखि भैँसी विज्ञको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ। विश्वविद्यालयको पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा शुरु भएको सम्मेलनमा नेपालसहित ११ देशका २ सय जना भैँसीविज्ञ, वैज्ञानिक, प्राज्ञ तथा विद्यार्थीको सहभागिता छ।

‘भैँसीको उत्पादन वृद्धि’ भन्ने मूल नाराका साथ नेपालमा नै पहिलो पटक शुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनमा भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, अमेरिका, क्यानाडा र बेलायतका ५५ जना विदेशी विज्ञ सहभागी छन्।

सम्मेलनमा इन्टरनेशलन बफेलो फेडरेशन’का अध्यक्ष प्राध्यापक डा. एन्तोनियो बर्गिज, पाकिस्तानको भेटरिनरी विश्वविद्यालयका प्राध्यापक तथा उपकुलपति नासिम अहमद, एसिएन बफेलो एसोसिएसनका अध्यक्ष इन्द्रजित सिंह, अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका प्राध्यापक नन्दप्रकाश जोशी, पशुसेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मललगायतको सहभागिता छ।

सम्मेलनमा भैंसी बाली लाग्ने समय परिवर्तन र विकासका विषयमा समेत विज्ञहरुबीच छलफल हुने जनाइएको छ। चितवनको रामपुरलाई पशुको अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने विषयमा समेत सम्मेलनमा छलफल हुनेछ। सम्मेलनमा ९० वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत हुनेछन्।

थाहा भएअनुसार नेपालमा ५२ लाख भैँसी छन्। मासुको आपूर्तिमा भैँसीले ५७ प्रतिशत हिस्सा ओगटेको गोरखापत्र अनलाइनले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *