नेपालको ग्रामीण विकास तथा विज्ञानप्रविधि क्षेत्रमा दक्षिण कोरियाको सहयोग

ram naam satya

दक्षिण कोरियाले नेपालको एकीकृत ग्रामीण विकास तथा विज्ञान र प्रविधि विकास परियोजनाका लागि करिव एक अर्ब नेपाली रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ।

अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सीकबीच दक्षिण कोरियाले नेपालको एकीकृत विकास तथा विज्ञान र प्रविधि विकास परियोजनाका लागि करिव १ अर्ब नेपाली रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।

मंगलबार अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच सम्पन्न समझदारी पत्रमा सो लगानी कार्यान्वयनको मुख्य भूमिका भने काठमाडौं विश्वविद्यालयले निर्वाह गर्ने उल्लेख गरिएको छ। अर्थ सचिव अधिकारीले दक्षिण कोरिया सरकारले नेपालको शिक्षा, कृषि र स्वास्थ्यको क्षेत्रमा प्राविधिक सहयोग गर्दै आएको स्मरण गराउनुभयो। त्यस अवसरमा उहाँले परियोजनालाई सफल बनाउन लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

नेपालका लागि दक्षिण कोरियाका राजदूत सीकले नेपालले अनुसन्धानको क्षेत्रमा उल्लेख्य प्रगति गरोस् भन्ने उद्देश्यका साथ सहयोग आदानप्रदान भइरहेको बताउनुभयो।

८ वर्षे यो परियोजनाबाट नेपालको अनुसन्धान र विकास एवम् प्रविधि क्षमतामा विकास हुने विश्वास लिइएको छ। दक्षिण कोरियाले सन् १९९१ देखि नेपाललाई शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा आवश्यक प्राविधिक सहयोग गर्दै आइरहेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *