

नोभेम्बरमा मोबाइल इन्टरनेटमा युरोपियन मुलुक नर्वे औषत ६२.६६ मेगाबिट्स पर सकेन्ड (एमबीपीएस) डाउनलोड स्पिडसहित सबैभन्दा अगाडि छ भने फिक्स्ड ब्रोडब्यान्डमा सिंगापुर १५३.८५ एमबीपीएस डाउनलोड स्पिडसहित पहिलो स्थानमा छ। नेपालमा मोबाइल ब्रोडब्यान्डको डाउनलोड स्पिड (क्षमता)मा सुधार आएको पाइएको कारोबार अनलाइनले लेखेको छ । गएको नोभेम्बर महिनामा ओक्लाज स्पिड टेस्ट ग्लोबल इन्डेक्सले गरेको अध्ययन प्रतिवेदनअनुसार नेपालले सार्क राष्ट्रहरू भारत र श्रीलंकालाई उछिनेको छ।
नोभेम्बरमा मोबाइल इन्टरनेटमा युरोपियन मुलुक नर्वे औषत ६२.६६ मेगाबिट्स पर सकेन्ड (एमबीपीएस) डाउनलोड स्पिडसहित सबैभन्दा अगाडि छ भने फिक्स्ड ब्रोडब्यान्डमा सिंगापुर १५३.८५ एमबीपीएस डाउनलोड स्पिडसहित पहिलो स्थानमा छ। मोबाइल ब्रोडब्यान्डमा नेपालमा ९९ औं स्थानमा छ । यस्तै, फिक्स्ड ब्रोडब्यान्डमा भने ९२ औं स्थानमा रहेको छ। भारत मोबाइल ब्रोडब्यान्डमा १०९ औं स्थान र फिक्स्ड ब्रोडब्यान्डमा ७६ औं स्थानमा छ। नेपालमा पनि हाल मोबाइल सेवा प्रदायक कम्पनीहरूले फोरजी सेवा विस्तार गरेसँगै डाउनलोड स्पिडमा सकारात्मक प्रभाव देखिएको छ।

