नेपालका लागि चिनियाँ राजदूत यु होङद्वारा नेपालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसँग भेट-वार्ता

ram naam satya

हालै नेपालका लागि चीनका राजदूत यु होङले काठमाण्डौंमा नेपालका नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवसँग भेट-वार्ता गर्नुभयो।

नेपालको चुनाव सफलताका साथ सम्पन्न भएको बताउँदै उहाँले नेपाल झन् स्थिरता तथा झन् द्रूत गतिले विकासको बाटोमा अघि बढ्ने आशा व्यक्त गर्नुभयो। उहाँले चीनले नेपालको नयाँ सरकारसँग आदान-प्रदान बढाउने, सहयोग सुदृढ पार्ने, चीन-नेपाल स्वतन्त्र व्यापार सम्झौताको सम्भावना अध्ययनलाई साझा बढाउने, चीन-नेपाल सीमापार आर्थिक सहयोग क्षेत्रको निर्माणलाई अघि बढाउने, चीन-नेपाल आर्थिक तथा व्यापारिक क्षेत्रलाई नयाँ स्तरमा बढाउने बताउनुभयो।

त्यस अवसरमा मन्त्री यादवले नेपाल र चीनले सँधै नै राम्रो सम्बन्ध कायम राखिरहेको बताउनुभयो। उहाँले दीर्घकालदेखि नै चीन सरकारले दिएको मद्दतप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले चीनसँगको सहयोग सबल पार्दै दुवै मुलुकबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ विकास गर्नुपर्ने पनि औंल्याउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *