नेपालका लागि चिनियाँ राजदूत र रक्षामन्त्रीबीच भेटवार्ता

ram naam satya

रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल—चीन सम्बन्ध दुई देशको सैन्य स्तरसम्म हुनुपर्ने बताउनुभएको छ। चिनियाँ राजदूत यू होङसँगको भेटमा बुधबार उहाँले दुई देशबीचको परस्पर सम्बन्ध सैन्य स्तरसम्म विस्तार हुनुपर्नेमा जोड दिनुभयो। पोखरेल रक्षामन्त्री नियुक्त भएपछि बधाई दिन राजदूत होङ बुधबार सिंहदरबारस्थित रक्षा मन्त्रालय पुग्नुभएको थियो। भेटका अवसरमा चिनियाँ राजदूतले मन्त्री पोखरेलको सफल कार्यकालको कामना गर्नुभयो। उहाँले आगामी दिनमा नेपाल र चीनबीचको सम्बन्ध सम्बन्ध प्रगाढ बनाउन परस्पर सहयोग अभिवृद्धि गर्नुपर्ने उल्लेख गर्नुभएको थियो।

सो अवसरमा रक्षामन्त्री पोखरेलले चीनको चासो र चिन्ताको विषयमा आफू र वर्तमान सरकार जानकार रहेको बताउनुभयो। उहाँले नेपाल एक चीन नीतिको पक्षमा दृढ रहेको बताउँदै ‘नेपाल र चीनबीचको परस्पर सम्वन्ध र सहयोग नेपाली सेना र चिनीया सेनास्तरमा समेत बिस्तार हुनुपर्ने र दुवै राष्ट्रको हितसँग सम्बन्धित सूचना आदान प्रदान लगायत नेपालको विकासको निमित्त यस अघि भएका पूर्व सम्झौताहरु कार्यान्वयनमा आउने विश्वास’ व्यक्त गर्नुभएको रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालखबर अनलाइनका अनुसार भेटमा मन्त्री पोखरेलले नेपालको पूर्वाधार विकासको लागि चीनको निरन्तर सहयोग अपेक्षित रहेको र नव गठित सरकारले मित्र राष्ट्र चीनसँग आपसी सहयोग र सम्वन्ध थप विकास र बिस्तार गर्न चाहेको बताउनुभएको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *