

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान पैचिङको थ्येनआनमन चोकमा अवस्थित सहीद स्मारक स्तम्भमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेकी छन्। स्मारकस्थल उनलाई चिनियाँ परराष्ट्र मन्त्रालयका उपमन्त्री खोङ सुवानयौले स्वागत गरेका थिए।
उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य तथा नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति रहेको थियो।



