नेपालका राष्ट्रपति भण्डारीद्वारा “बेल्ट एण्ड रोड” प्रस्तावको उच्च मूल्यांकन

ram naam satya

दोस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चको आयोजना हुनलागेको छ। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले यस पटकको मञ्चमा भाग लिनुहुने छ। अप्रिल अठार तारिख भण्डारीले राष्ट्रपति भवनमा चिनियाँ सञ्चार-माध्यमको संयुक्त अन्तर्वार्ता दिनुभएको छ। उहाँले “बेल्ट एण्ड रोड” प्रस्तावको उच्च मूल्यांकन गर्नुभएको छ।

भण्डारीले नेपाल र चीन छिमेकी मुलुक हुन्, दुई पक्षले पारस्परिक हितको सिद्धान्त बमोजिम विभिन्न क्षेत्रको सहयोगलाई सबल पारेको, नेपालले चीनद्वारा प्रस्तुत गरिएको “बेल्ट एण्ड रोड” प्रस्तावको प्रशंसा गरेको र समर्थन दिएको कुरा बताउनुभयो।

भण्डारीले नेपाल “बेल्ट एण्ड रोड” प्रस्तावको संलग्न पक्ष बनिसकेको, “बेल्ट एण्ड रोड” प्रस्तावमा चीनसँग विभिन्न क्षेत्रको सहयोगलाई सबल पार्ने आशा नेपालले लिएको कुरामा जोड दिनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *