निर्वाचनपछि स्थिर सरकार बन्ने कुरामा नेपालको निजी क्षेत्र आशावादी

ram naam satya
(GMT+08:00) 2017-12-08 18:18:54

नेपालको प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणअन्तर्गत हिजो बिहीबार भएको निर्वाचनमा अधिकांश उद्योगी व्यवसायीहरूले देशका विभिन्न क्षेत्रबाट मतदान गरेका छन्। पहिलो पटक भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदानसँगै व्यवसायीहरूले अव देशमा स्थायी सरकार र आर्थिक समृद्धि प्राप्त हुने अपेक्षा गरेको कारोबार अनलाइनले लेखेको छ। विकास र समृद्धिको विकल्प नभएको भन्दै अधिकांश व्यवसायीहरूले जुनसुकै दलको सरकार भएपनि स्थायी हुनुपर्नेमा जोड दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित वन विभाग केन्द्रबाट मतदान गर्नु भएको छ। यो निर्वाचन इतिहासकै सबैभन्दा महत्वपूर्ण भएको भन्दै उहाँले अब स्थायी सरकार आउने र देशमा आर्थिक समृद्धिका पक्षमा कामहरू हुने धारणा राख्नुभयो। “निजी क्षेत्र सधैं स्थायी सरकार चाहन्छ, यो चुनावपछि स्थायी सरकार आउँछ र विकासले गति लिन्छ भन्ने हाम्रो बुझाइ छ,” अध्यक्ष राणा भन्नुहुन्छ, “संविधान जारी भएको छ, अब अरु आर्थिक विकासको विकल्प नै छैन।” राजनीतिक दलहरूले पनि आर्थिक एजेन्डालाई प्राथमिकतामा राखेका छन्। अब राजनीतिक एजेन्डा होइन आर्थिक एजेन्डालाई अगाडि सार्ने समय भएको उहाँको भनाइ छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *