निर्वाचनआयोगद्वारा राष्ट्रिय सभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई हस्तान्तरण

ram naam satya

नेपालको निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम हिजो आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेको छ। माघ २४ गते राष्ट्रिय सभाका लागि भएको निर्वाचनमा ५६ जना निर्वाचित हुनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमा राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ५९ बमोजिम प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुभएको हो।

प्रतिवेदन ग्रहण गर्नुहुँदै राष्ट्रपति भण्डारीले निर्वाचन नै हुँदैन कि भन्ने अन्योलका बीच तोकिएकै समयमा स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीयरूपमा सम्पन्न गराउन सफल भएकोमा आयोग परिवारलाई धन्यवाद दिनुभएको थियो। राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा सदस्यको निर्वाचनको परिणाम प्राप्त भएकाले अब संघीय संसद्को प्रक्रिया अगाडि बढाउन सहज हुने समेत स्पष्ट पार्नुभएको थियो।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले राष्ट्रपतिबाट प्राप्त निर्देशन र सहयोगबाट निर्वाचन सम्पन्न गराउन आयोगलाई ठूलो बल पुगेको धारणा राख्नुभएको थियो। उहाँले प्रतिनिधि सभाको निर्वाचन परिणामसमेत आयोगले फागुन पहिलो साताभित्रै राष्ट्रपतिसमक्ष पेश गर्ने गरी तयारी गरिरहेको जानकारी दिनुभयो।

प्रमुख निर्वाचन आयुक्त यादवले २०७४ फागुन ७ गते मनाउन लागिएको ‘दोस्रो मतदाता दिवस’मा उपस्थितिका लागि राष्ट्रपतिलाई निमन्त्रणा समेत गर्नुभयो। कार्यक्रममा निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी हुनुहुन्थ्यो।

कुल ५९ सदस्यीय राष्ट्रिय सभामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट एकजना महिलासहित तीन जना सदस्य मनोनीत गर्ने संवैधानिक व्यवस्था छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *