निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवलोकनका लागि एसियाली विकास बैङ्क नेपाल जाने

ram naam satya

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवलोकनका लागि एसियाली विकास बैङ्कको टोली भैरहवा आउने भएको छ । मार्चको मध्यतिर एडीबीको टोलीले विमानस्थलको अनुगमन गर्ने बताइएको छ।
सन्तोषजनक काम नभएको भन्दै जनवरीयता एडीबीले आफ्नो ऋण र अनुदान बन्द गरेको थियो । अनुगमनपछि मात्र पुनः मूल्याङ्कन हुने नहुने भन्ने थाहा हुने आयोजना प्रमुख ओम शर्माले बताउनुभयो । चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले अहिले कामदार बढाएर कामको गति बढाएको छ । चाहिने आवश्यक उपकरणसहित ५० चिनियाँ कामदार र डेढ सय नेपाली कामदार खटाई काम अघि बढेको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो।

मधेस आन्दोलन, नाकाबन्दी, भूकम्प जस्ता कारणले लक्ष्यअनुसार काम गर्न नसकेको भन्दै ठेकेदार कम्पनीले म्याद थप गर्न आग्रह गरेको थियो। विमानस्थलको अहिले ३५ प्रतिशतभन्दा बढी काम सकिएको छ। अहिले प्रशासकीय भवन, कन्ट्रोल टावर, धावन मार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवनको काम भइरहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ।

एडीबीले ऋण र अनुदान नदिए पनि नागरिक उड्डयन प्राधिकरणले आफ्नै स्रोतबाट अघि बढाउने जनाएको छ । सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुने गरी विमानस्थलको काम सुरु भएको थियो । गोरखापत्र अनलाइनका अनुसार समयमै निर्माण हुन नसक्ने देखेपछि सरकारले सन् २०१८ मा सक्ने नयाँ लक्ष्य निर्धारण गरेको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *