नाथुला भएर गान्तोक-लासा बस सेवा शुरू गर्नुपर्छः मुख्यमंत्री चामलिङ

नाथुला भएर गान्तोक-लासा बस सेवा शुरू गर्नुपर्छः मुख्यमंत्री चामलिङ

ram naam satya

मुख्यमन्त्री चामलिङलाई भेटे भारतको निम्ति चिनियाँ राजदुत लुओ झाहोइले

गान्तोक, 10 मई। हिमाली राज्य सिक्किमको नाथुला भञ्जाङ भएर सीमा व्यापार पछि अब लासासम्मको निम्ति बस सेवा शुरु गर्ने प्रस्ताव मुख्यमन्त्री पवन चामलिङले भारतको निम्ति चिनियाँ राजदूत लुओ झाहोइलाई राखेका छन्। मुख्यमन्त्री चामलिङलाई भेट्न उनको सरकारी आवास मिन्तोगाङमा शुक्रबार साँझ आइपुगेका थिए। यस अवसरमा राजदूतले नाथुला सीमा व्यापारलाई लिएर आर्थिक समन्वय र विकासको बारेममा चर्चा गर्ने उद्देश्य रहेको थियो। उनले नाथुला सीमा व्यापारको निम्ति केही महत्वपूर्ण विकासको निम्ति चर्चा उठाएका थिए जसमा सीमा व्यापारको हप्तामा हुने व्यापारको दिन बढाइनु पर्ने जसमा अहिलेको हस्पातो चार दिनको साटो सातै दिन व्यापार गरिनुपर्ने बताए। व्यापारीहरूको हितको निम्ति भारतीय सीमा शुल्क अधिकृतहरूले प्रभावशाली बनाउने र सहयोगि बन्नु पर्ने बताए। यसैगरि व्यापारको सामानको सूचीमा पनि दुवै तिर विस्तार गर्नुपर्ने बताए। यसैगरि ट्रेडमार्टसम्म दुवैतिरका अधिकृत र तकनीकी विशेषज्ञहरूलाई खुल्ला रूपमा आवत जावत गर्ने मौका दिनुपर्ने बताए। नाथुलालाई ड्राइ पोर्टको रूपमा विकास गरेर व्यापारको मात्रा वृद्धि गर्नुपर्ने जस्ता विषयमा मुख्यमन्त्रीसित चर्चा गर्दै सुझाव राखे।
मुख्यमन्त्री चामलिङले चिनियाँ राजदूतलाई सिक्किम भ्रमणमा आएकोमा आभार प्रकट गरे भने उनले दिएको सुझाउहरूलाई स्वागत जनाए। यसैगरि उनले सिक्किम सरकारको तर्फबाट भारत सरकारसित मिलेर सातैभरि व्यापार सञ्चालन गर्ने निर्णय़ भएको खण्डमा पूर्ण समर्थन गर्ने बताए। उनले नाथुला अहिले दुई देशको सीमा व्यापारको कारण मुस्कराई रहेको सीमानमा परिणत भएको बताए। जसले दुवै क्षेत्रको निम्ति व्यापारको मात्रा वृद्धि गर्नुपर्ने बताए। यसैगरि मुख्यमन्त्री चामलिङले नाथुला भएर गान्तोक लासा बस सेवा शुरू गर्ने सुझाव राखे। यसले दुवै क्षेत्रको आर्थिक र पर्यटनमा विकास हुने बताए। उनले आफू चीन भ्रमणमा गएर त्यहाँको अर्थनैतिक विकास बुझ्ने इच्छा पनि व्यक्त गरे। यसैगरि मुख्यमन्त्रीले सिक्किम सरकारले पर्यावरण संरक्षणमा गरेको उदाहरणीय कार्यहरूकोबारेमा पनि अवगत गराएका थिए।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *