नयाँ सरकार गठनसँगै औद्योगिक जगतमा नयाँ आशा

ram naam satya

नेपालको अन्तरिम व्यवस्थापार गरी नयाँ संविधानतः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार प्राप्त गरेकोमा नेपाल उद्योग परिसंघ अत्यन्त उत्साहित बनेको जनाएको छ। परिसंघले देशले गर्नुपर्ने सम्पूर्ण राजनीतिक परिवर्तनहरू सम्पन्न गरी बनेको नयाँ सरकारले अब आर्थिक परिवर्तन तथा समृद्धिलाई आफ्नो लक्ष बनाउने अपेक्षा लिएको कारोबार अनलाइनले लेखेको छ।

नेपालको राजनीतिक पुनःसंरचनालाई संस्थागत गर्दै तीनवटै तहका निर्वाचन सम्पन्न भई स्थानीय तहमा सरकार गठन भई कार्य सम्पादन प्रारम्भ भइसकेको भन्दै परिसंघले प्रदेश तहमा समेत नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ भई सकेकाले अवस्थाले निजी क्षेत्र आशावादी भएको पनि जनाएको छ। सबै प्रदेशमा सरकार गठनको प्रक्रिया क्रमशः पूरा गरी देशले दिगो, शान्ति र समृद्धिको अपेक्षा गरिरहेको बेला प्रधानमन्त्री ओलीको नेतृत्वमा बनेको नयाँ सरकारले अबको बाटो आर्थिक रूपान्तरणको हुनुपर्ने विषयलाई आत्मसात गरी आर्थिक समृद्धिको एजेन्डालाई नै प्राथमिकतामा राख्ने छ भन्ने विश्वास पनि परिसंघले लिएको छ।

नेपालले २०१३ सालदेखि नै योजनाबद्ध आर्थिक विकासको थालनी गरे पनि मुलुक अझै अतिकम् विकसित राष्ट्रहरूकै समूहमा रहेको छ। गरिबी, बेरोजगारी, न्यून आर्थिक वृद्धिदर, उच्च मुद्रास्फीति, कहालि लाग्दो व्यापारघाटा, पूर्वाधारको कमजोर अवस्था र पुँजीगत खर्चको घट्दो क्रमले अर्थव्यवस्थामा संरचनात्मक समस्या देखा पर्दै गरेका छन्। यी यावत् समस्यालाई सम्बोधनगर्दै यो सरकारले औद्योगिक लगानी प्रवद्र्धनको साथै रोजगारी सिर्जनामा सुनिश्चित वातावरण कायम गरी मुलुकमा औद्योगिक क्रान्ति, पूर्वाधार विकास तथा सुशासनको पूर्ण प्रत्याभूति दिने विश्वास पनि परिसंघको छ।

साथै विकासको बाटोमामुलुकलाई लग्नको लागिविकासको मार्ग चित्रकोर्न सरकारसँग निजी क्षेत्र सहकार्य गर्न उत्सुक छ भन्दै अर्थतन्त्रलाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन आर्थिक एजेन्डालाई पहिलो प्राथमिकता दिँदै निजी क्षेत्रलाई विश्वासमा लिएर आर्थिक पुनर्निर्माणको महाअभियान सञ्चालन गर्ने कार्यमा नवगठित सरकारको ध्यान रहने परिसंघको आशा गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *