

नेपालमा दुई दशकपछि पुन: दुई सदनात्मक संसदीय अभ्यास सुरू हुँदैछ। नयाँ संविधानअनुसार गठन भएको प्रतिनिधि सभा एवं राष्ट्रिय सभाको पहिलो बैठक सोमबार अपरान्ह बसेको हो।
वि.सं. २०५६ सालको चुनाबपछि दुई सदनात्मक अभ्यास हुन लागेको यो नै पहिलो हो। २०४७ को संविधानमा जस्तै नेपालकेा संविधान २०७२ मा दुइ सदनात्मक संघीय संसदको व्यवस्था रहेको छ।
अपरान्ह ४ बजे बोलाइएको बैठकलाई मुख्य दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूची छैन। संसद सचिवालयले पहिलो बैठकमा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने तयारी गरेको थियो। दलका नेताहरुले त्यसलाइ रद्द गरिदिए।

नयाँ संविधानअनुसार स्थापना भएको प्रतिनिधि सभामा २७५ सांसद छन्। राष्ट्रिय सभामा ५९ सदस्यीय छ। प्रतिनिधि सभाका २७२ तथा राष्ट्रिय सभाका ५४ जनाले आइतबार शपथ लिएपछि सोमबार संसदको पहिलो बैठक बसेको नेपालखबर अनलाइनले जनाएको छ।
