

चीनका सर्वोच्च नेता सी चिनफिङले मे ४ आन्दोलन शतवार्षिकी समारोहमा सम्बोधन गर्दै चिनियाँ युवाहरूले विज्ञानसम्बन्धमा अध्ययन गरेर आन्तरिक गुणस्तरलाई उकास्नुपर्ने आग्रह गर्नुभएको छ। युवाहरूले आफ्नो विचार तथा दृष्टिकोणलाई युगको विकाससँगै अघि बढाउने आशा पनि राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।
राष्ट्राध्यक्ष सीले भन्नुभयोः हिजोआज ज्ञानविज्ञानमा छिटो रूपमा अग्र परिवर्तन हुँदै गएको छ र श्रम क्षेत्रको सामाजिक विभाजन परिष्कृत भइरहेको तथा सक्षम र दक्ष पेशाकर्मीको आवश्यकता पनि दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। नयाँ प्रविधि तथा मोडल एवम् उद्योग पनि थपिँदै आएको छ। जनताको सेवा गर्न तथा नविनतम सिर्जनामार्फत देशमा योगदान दिनका लागि युवाहरूले सिकाईमा आफूलाई सक्षम र दक्ष बनाउनुपर्छ।
