नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादलाई कायम राख्न संविधान संशोधन गरिने

ram naam satya

संविधान देशको आधारभूत कानुन हुनुका साथै देशको सञ्चालन गर्ने मुख्य कार्यक्रम र पार्टी तथा जनताको इच्छाको मूर्त रुप रहेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले “संविधानका केही विषयमा संशोधन गर्ने चिनियाँ कम्युनिष्ट पार्टीको सुझाव”लाई पारित गरेको छ। संविधानको संशोधन गर्नु नै देशको राजनीतिक जीवनमा रहेको एउटा बिशाल घटना हुनुका साथै सी चिन फिङ केन्द्रीत रहनुभएको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादलाई कायम राख्ने र विकसित पार्ने रणनीतिक उचाईबाट गरेको महत्वपूर्ण निर्णय रहेको छ। यसबाहेक सम्पूर्ण रुपमा कानुन बमोजिम देशको सञ्चालन गर्न, देशको सञ्चालन प्रणाली र सञ्चालन क्षमताको आधुनिकीकरणलाई अघि बढाउनका लागि चालिएको एक महत्वपूर्ण कदम पनि हो। संविधानको संशोधनमार्फत चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनमा निश्चित गरिएका महत्वपूर्ण धारणा र कार्यनीतिलाई देशको आधारभूत कानुनमा राखेर पार्टी र देशको कार्य विकास हुने नयाँ उपलब्धि, नयाँ अनुभव र नयाँ आग्रह पनि प्रतिबिम्बित गरिएको छ। त्यसले नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादलाई कायम राख्न र विकसित पार्नका लागि संविधानको सशक्त प्रत्याभूति दिनुपर्ने छ।

संविधानको संशोधन गर्नुको मुख्य उद्देश्य संविधानको अझ राम्रोसँग कार्यान्वयन गर्ने र अझ राम्रोसँग संविधानको राष्ट्रिय आधारभूत कानूनको भूमिका निर्वाह गर्ने भन्ने रहेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *