

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल ३० तारिख नयाँ युगमा चिनियाँ युवाहरू अघि बढ्ने व्यक्ति, सिर्जना गर्ने व्यक्ति र अर्पण गर्ने व्यक्ति बन्नुपर्ने कुरा बताउनुभएको छ।राष्ट्राध्यक्ष सीले मे ४ आन्दोलन शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै चीन राष्ट्रको पुन:रुत्थान हुने बाटोमा निकै बोझिलो कार्यभार हुने भएकाले अथक प्रयास गर्ने भावना निकै आवश्यक रहेको बताउनुभयो। हरेक सानो कुरा गर्ने, प्रत्येक कार्यभार सिध्याउने र हरेक कर्तव्य बहन गर्ने क्रममा त्यो अथक प्रयास हुनुपर्ने कुरा उहाँले औँल्याउनुभयो। उहाँले अगाडि भन्नुभयो: हाल चीनको जीवनस्तर सुधार भए तापनि अथक प्रयासको भावनामा कमि भएको छैन। चिनियाँ युवाहरूले सधैं नै अथक प्रयास गर्ने राम्रो परम्परालाई पनि छोड्नु हुँदैन।