


चीन राष्ट्रको भव्य पुनःउत्थानको कार्यान्वयनका लागि चिनियाँ युवाहरू नै पायनिर तथा अग्रणी शक्ति हुन्। नयाँ युगमा युवाहरूले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा जनताहरूसँगै मिलेर दुईटा सय वर्षको लक्ष्य पूरा गर्न तथा चिनियाँ राष्ट्रको पुनःउत्थान भन्ने चिनियाँ सपनाको कार्यान्वयनका लागि प्रयास गर्नुपर्छ। आज अप्रिल ३० तारिख आयोजित ‘मे ४ आन्दोलन शतवार्षिकी समारोह’मा राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो।
राष्ट्राध्यक्ष सीले अगाडी भन्नुभयोः नयाँ युगमा युवाहरूले ठूलो आदर्श राख्नुपर्छ र सो आदर्शलाई मात्रृभूमिको माँग, जनताको हितसँग जोड्नुपर्छ। नभए युवाहरूले फराकिलो भविष्यको सट्टा साँघुरो भविष्य पाउने छन्।

