

मे ४ आन्दोलन शतवार्षिकी समारोह अप्रिल ३० तारिख भव्य रूपमा आयोजित भएको छ। चीनका सर्वोच्च नेता सी चिन फिङले समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय पुनर्रूत्थान चिनियाँ युवाको जिम्मेवारी हो भन्ने कुरा बताउनुभयो। उहाँका अनुसार, चीनसँग राष्ट्रिय महान पुनर्रूत्थानलाई साकार गर्ने जिम्मेवारीवोध भावना रहेको छ। नयाँ युगमा चिनियाँ युवाहरूले भारी बोझ वहन र कठिनाइको सामना गर्ने आँट्नुपर्छ र जिम्मेवार तथा दायित्वबोध अभ्यास र विकास गरी नयाँ युगमा चिनियाँ सुधार तथा खुलापनामा युवालाई सहभागी गराउनुपर्छ।