

अमेरिकी अर्थ मन्त्रालयले यसै जनवरी 26 तारिख रुसका लागि नयाँ चरणको नाकाबन्दी लगाउने घोषणा गरेको छ । यसप्रति रुसी विदेश मन्त्रालयले हिजो राति आफ्नो सरकारी वेभसाइटमा वक्तव्य सार्वजनिक गर्दै अमेरिकाको यस नाकाबन्दीले केवल अमेरिकी व्यवसायका लागि नाकारात्मक प्रभाव पार्ने चेतावनी दिएको छ।
अमेरिकासँग रुससितको आर्थिक आदानप्रदान बन्द गर्ने अधिकार छ तापनि रुससँग पनि सम्बन्धित निर्णयको जवाफी प्रतिक्रिया गराउने अधिकार रहेको भन्दै रूसले अमेरिकाको यस गतिविधिले अमेरिकी व्यवसायमा आर्थिक हानी पुर्याउने बाहेक कुनै पनि अर्थ नरहने बताएको छ।
रुसी विदेश मन्त्रालयका अनुसार रुसले युक्रेन द्वन्द्वमा हस्तक्षेप गरेको निहुँमा अमेरिकाले फेरि एकपटक रुस सम्बन्धी व्यक्ति र व्यवसायमाथि नाकाबन्दी गराउँदै निरन्तर रुपमा रुसमाथि दवाव सिर्जना गर्दै गएको छ। यस गतिविधिबाट अमेरिकाले युक्रेनको नागरिक युद्धलाई उत्तेजित गर्ने प्रमाणित भएको छ।

