नयाँ जहाज उडाउन चिनियाँ पाइलट ल्याउने तयारी

नयाँ जहाज उडाउन चिनियाँ पाइलट ल्याउने तयारी

ram naam satya

नेपालको राष्ट्रिय ध्वाजवाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको वाई १२ जहाज उडाउन चिनियाँ पाइलट ल्याउने भएको छ। चिनियाँ जहाज उडाउने दक्ष पाइलट नेपालमा नभएका कारण चीनबाट नै ल्याउन लागिएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

चार वटा वाई १२ सिरिजका जहाज उडान निगमसँग दुई जना मात्रै पाइलट छन्। पाइलट नभएपछि तत्कालका लागि चिनियाँ पाइलट ल्याउने गरी छलफल सुरु भएको नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘नेपाल वायु सेवा निगमले वाई १२ जहाज उडान गर्ने पाइलटको विज्ञापन गरेको छ। तत्कालका लागि चिनियाँ पाइलट नै ल्याउने गरी जहाज निर्मात कम्पनीसँग छलफल थालिएको छ।’

पाइलट अभावकै कारण नेवानिले वाई १२ सिरिजका जहाज पर्याप्त मात्रमा उडान गर्न सकेको छैन। वाई १२ जहाज उडानका लागि जहाज उपलब्ध गराउने कम्पनीले आफूहरूसँग अंग्रेजी भाषा बोल्ने तीन चिनियाँ पाइलट रहेको जानकारी दिएपछि छलफल सुरु भएका हो।

पाइलट मासिक तबलमा ल्याउने योजना भए पनि कति तलब र कुन सेवा सुविधा दिने भन्नेमा निर्णय हुन बाँकी रहेको कंसाकारले बताउनुभयो। नेवानिसँग चार वटा वाई १२ सिरिजका जहाज उडाउन दुई पाइलट मात्रै छ। नेवानिले दुई साता अगाडि ल्याएका दुई वटा वाई १२ सिरिजका जहाजको उडान भने सुरु गरेको छैन। नेवानिले अहिले जहाज उडानका लागि प्राधिकणसँग कागजी प्रक्रिया सुरु गरेको कंसाकार बताउनुहुन्छ। कागजी प्रक्रिया पूरा गरेसँगै आन्तरिक उडानका थप गन्तव्य विस्तार गर्दै नियमित उडानका लागि चिनियाँ पाइलट ल्याउने तयारी भएको उहाँले बताउनुभयो।

नेवानिले तीन वर्ष अगाडि पनि एयरबस उडाउने पाइलट मासिक १६ लाख खर्च गर्दै विदेशबाट नै ल्याएको थियो। आन्तरिक उडानमा पनि उच्च दुर्गम क्षेत्रमा उडान गर्न सकिने जहाज नेवानिले अहिले काठमाडौंलाई वेस बनाएर भैरहवा, पोखरा र सिमरामा उडान गर्दै आएको छ। चार वटा वाई १२ जहाजका लागि नेवानिसँग करिब १० जना पाइलट हुनुपर्ने भए पनि दुई जना मात्रै छन्। पाइलट अभाव थेग्नकै लागि भए पनि मासिक तलबमा ल्याउनुपर्ने अवस्था आएको उहाँको भनाइ छ।

पाइलट नपाएको अवस्थामा अर्बौ रुपैयाँ खर्च गरेर ल्याइएको वाई १२ जहाज विमानस्थलमै राख्नुपर्ने अवस्था आउने कंसाकार स्वीकार गर्नुहुन्छ। वाई १२ जहाज उडान गर्ने दुई जना पाइलटका लागि सात जना कोपाइलटले सहयोग गरिरहेको छन्। पाइलट व्यवस्था नभएसम्म अहिले ल्याइएका दुई चिनियाँ वाई १२ सिरिजका जहाज पनि तत्काल उड्न सक्ने अवस्था छैन।

२०६९ सालमा नेपाल र चीनबीच ६ वटा जहाज ल्याउने सहमति भएको थियो। ६ जहाजमध्ये दुई वटा एमए ६० र चार वटा वाई १२ हुन्। त्यसमा दुई वटा अनुदान र चार वटा सहुलियत ऋणमा ल्याउने सहमति भएको थियो। सहमति अनुसारनै नेवानिले २०७१ वैशाखमा पहिलो एमए ६० जहाज ल्याएको थियो भने सोही वर्षको कात्तिकमा वाई १२ ल्याएको थियो।

पहिलो पटक ल्याइएका दुवै जहाज अनुदानका थिए। यस्तै एमए ६० र वाई–१२, २०७३ मा ल्याएको थियो। अहिले निगमले दुई सरकार बीचको सम्झौताअनुसार बाँकी रहेको दुई वटा वाई १२ फेब्रुअरी १३ मा ल्याएको थियो।

जहाज उडानका लागि पाइलट नभएपछि कागजी प्रक्रिया र भन्सार पासको काम पनि सुस्त छ। एक एमए ६० र तीन वटा वाई १२ सिरिजका जहाजमा नेपाल सरकारले करिब पौने चार अर्ब रुपैयाँ खर्च गरेको छ। तर, वाई १२ जहाज कहाँ उडाउने भन्नेबारे निगमसँग कुनै व्यवसायी योजना छैन। निगमसँग अब आन्तरिक उडानका लागि दुई एमए ६०, चार वाई १२ र दुई वटा ट्विनअटर जहाज छन्। अहिले निगको एक ट्विनअटरले नियमति उडान गरिरहे पनि अर्को मर्मतमा छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *