नयाँ इन्टरनेटबाट फाइदा लिन अझै केही समय लाग्ने

ram naam satya
भारततर्फको निर्भता तोड्दै चीनसँग जोडिएको नयाँ इन्टरनेट कनेक्टिभिटीबाट उपभोक्ताले फाइदा लिन अझै केही समय लाग्ने भएको छ। नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीचको व्यावसायिक सम्झौताले भविष्यको इन्टरनेट सेवामा सकारात्मक प्रभाव पर्ने सम्बिन्धत विज्ञहरूको भनाइ छ।

नेपाल टेलिकमले चीनसँग जोडेको नयाँ कनेक्टिभिटीले मुलुकमा सञ्चालन भएको इन्टरनेटको बजार बढ्ने, गुणस्तरमा सुधार हुने र मूल्यमा कमी आउने आम उपभोक्ताले अपेक्षा गरेका छन् । उपभोक्ताको अपेक्षा अनुसार तत्कालको लागि मुलुकको इन्टरनेट गुणस्तर र मूल्यमा भने खासै फरक पर्ने छैन । मुलुकमा इन्टरनेटको वैकल्पिक मार्गका रुपमा नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच गएको पुस २८ गते व्यावसायिक सम्झौता भएको थियो।

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले चीनसँगको कनेक्टिभिटीले मुलुकको इन्टरनेट बजारलाई थप सुरक्षित पारेको बताउनुभयो। चाइना टेलिकमसँग जोडिएको नयाँ कनेक्टिभिटीको क्षमता १.५ जिबिपिएस (गिगाबाइट प्रतिसेकेन्ड) को मात्र हो।

सानो क्षमतामा भए पनि नयाँ रुट प्रयोग सुरु भइसकेको छ । भर्खर सुरु भएकाले यसको क्षमता वृद्धि, गुणस्तर, मूल्य लगायत विषयमा अनुभवका आधारमा भन्न सकिने टेलिकमका अधिकारीहरूको भनाइ छ। नागरिकन्यूज डटकमका अनुसार नेपाल टेलिकमले जोडेको नयाँ रुटलाई निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीले तत्काल प्रयोग गर्न पाउने छैनन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *