

दोस्रो “बेल्ट एण्ड रोड” सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्च आज अर्थात छब्बीस तारिख पैचिङमा शुरु भयो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उद्घाटन समारोहमा सम्बोधन दिनुभयो।
“बेल्ट एण्ड रोड” चीनका राष्ट्राध्यक्ष सीद्बारा प्रस्तुत भएको अन्तर्राष्ट्रिय आर्थिक सहयोग प्रस्ताव हो। छ वर्षदेखि चीनको “बेल्ट एण्ड रोड” सम्बन्धी मुलुकबीचको व्यापार रकम साठी खर्ब अमेरिकी डलर पुगेको छ।

यस पटकको मञ्च तीन दिनसम्म चल्नेछ। मञ्चको मुख्य विषय “‘बेल्ट एण्ड रोड सहकार्यः एक उज्ज्वल साझा भविष्यको खोजी’ भन्ने हो। सैँतीस वटा मुलुकका नेता, संयुक्त राष्ट्र संघका महासचिव र अन्तर्राष्ट्रिय मुद्रा कोषका महानिर्देशक गरी लगभग पाँच हजार विदेशी अतिथिहरु यस पटकको मञ्चमा सहभागी भएका छन्।

