दोस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी विदेशी नेताका श्रीमतीलाई चिनियाँ ओपेरा प्रदर्शन

ram naam satya
राष्ट्राध्यक्ष सी चिन फिङकी श्रीमती फङ ली युआनले आज अप्रिल २७ तारिख दोस्रो “बेल्ट एण्ड रोड” सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी विदेशी नेताका श्रीमतीहरुलाई चिनियाँ ओपेरा अवलोकन गर्न निमन्त्रण दिनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।राष्ट्राध्यक्ष सीका श्रीमती फङ ली युआनले आजै त्याउ यु थाइ राष्ट्रिय अतिथि भवनमा विदेशी नेताका श्रीमतीहरूसँग हात मिलाएर सँगसँगै चिनियाँ ओपेराका प्रसिद्ध नाटकको अवलोकन गर्नुभएको छ। त्यस क्रममा उहाँले पाहुनाहरूलाई चिनियाँ ओपेराको इतिहास र सांस्कृतिक विशेषताबारे पनि जानकारी दिनुभयो।

“बेल्ट एण्ड रोड”मा संलग्न विभिन्न मुलुकका आ-आफ्नो विशेषतायुक्त संस्कृति रहेकाले विभिन्न मुलुकसित सभ्यता र संस्कृतिको आदान-प्रदान र उपभोगलाई मजबुत पार्दै जान चीन इच्छुक रहेको कुरा पनि श्रीमती फङले बताउनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *