दोस्रो बीआरआई सहकार्य शिखर मञ्चमा चीनका राष्ट्राध्यक्ष सीको सम्बोधनको अन्तर्राष्ट्रिय समाजद्वारा सकारात्मक प्रतिक्रिया

ram naam satya
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो अप्रिल २६ तारिख पैचिङ राष्ट्रिय सम्मेलन केन्द्रमा दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चलाई ‘बेल्ट एण्ड रोडको सुन्दर भविश्यको संयुक्त निर्माण’ शीर्षकमा सम्बोधन गर्नुभएको छ। अन्तर्राष्ट्रिय समाजले राष्ट्राध्यक्ष सीको सम्बोधनलाई हार्दिक प्रतिक्रिया दिँदै सम्बोधनले बेल्ट एण्ड रोड प्रस्तावबाट प्राप्त प्रशस्त उपलब्धिको सारांशलाई मूल्याङ्कन गरेको छ। बेल्ट एण्ड रोडको संयुक्त निर्माण उच्च गुणस्तरको विकसित दिशातर्फ लागेको औंल्याएर नव युगमा चीनले सुधार र खुलापनलाई गहिरो पार्ने दृढ संकल्प र व्यावहारिक कदमको घोषणा गरेको भन्दै विश्व यसबाट प्रोत्साहित रहेको उल्लेख गरेको छ।विभिन्न पक्षको संयुक्त प्रयासमा पहिलो सहकार्य शिखर सम्मेलनमा व्यक्त गरिएका उपलब्धि सुचारु व्यवहारमा उतार्दै र एक सय पचासभन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनले चीनसँग बेल्ट एण्ड रोड संयुक्त निर्माणसम्बन्धी सहयोगात्मक सन्धिमा हस्ताक्षर गरेका थिए।

पाकिस्तान इस्लामाबाद अन्तर्राष्ट्रिय मामिला समितिका प्रमुख सायिद चौधरीले चीनले आफ्नो प्रतिबद्धतालाई व्यवहारमा उतारेको र शृङ्खलाबद्ध सुधार र खुलापनलाई विस्तृत पार्ने कदमबाट विश्वले गहिरो र दिगो प्रभाव पार्ने उहाँले विश्वास लिनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *