देशलाई स्वाभिमानी र गौरवशाली राख्न आ-आफ्ना साश्वत आदर्शको ख्याल राख्नैपर्ने: राजा ज्ञानेन्द्र शाह

देशलाई स्वाभिमानी र गौरवशाली राख्न आ-आफ्ना साश्वत आदर्शको ख्याल राख्नैपर्ने: राजा ज्ञानेन्द्र शाह

ram naam satya

राजा ज्ञानेन्द्र शाहले देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा देश सञ्चालन गर्न नेताहरुलाई शुभकामना जारी गर्दै ग्रह गरेका छन्।

नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आज शुभकामना जारी गर्दै राजा ज्ञानेन्द्रले प्रजातन्त्रिक मूल्य मान्यतामा आधारित राजनीति, शक्ति पृथकीकरणको सिद्धान्त अनूरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सञ्चालन हुनुपर्ने धारणा ब्यक्त गरेका छन्।

‘विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्म समीक्षा गरि मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान हुनु र ऐक्यबद्ध भएर अघि बढ्नुको विकल्प छैन।’ उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन। उनले आफू जनताको घर दैलोमा पुग्दा अनगिन्ती समस्या र पीडा पाएको लेखेका छन्।

लाखौं नेपाली काम, माम र दामका निम्ति विदेशी भूमिमा भौतारिनु पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नकेको उल्लेख गर्दै उनले यस्तो नाजुक अवस्थालाई अझै कति सहने भनि शुभकामना पत्रमार्फत प्रश्न गरेका छन्।

स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने र यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न आ-आफ्ना साश्वत आदर्शको ख्याल राख्नैपर्ने उल्लेख गरेका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *