


चीनका सर्वोच्च नेता सी चिन फिङले आफ्नो देशप्रतिको माया चिनियाँहरूका लागि अनिवार्य कर्तव्य रहेको बताउनुभएको छ। यसप्रति चिनियाँहरूले धेरै ध्यान दिएको तथा भावनामा समेटिएको समेत व्यक्त गर्नुभएको छ।
नयाँ युगको चिनियाँ युवा-युवतीका लागि मातृभूमिप्रतिको माया आफ्नो क्षमतामा भर पर्ने तथा हुर्काउने आधार मानिएको छ। कोही एकले आफ्नो देशप्रति माया नदेखाइ धोका दिएमा या देशको मानमर्दन गरेमा त्यस्ताको स्वदेशका साथै विदेशमा पनि पहिचान गुमाउने छ र कहीँ पनि उभिने ठाउँ पाउने छैन।
