देशको विकासबारे जानकारी

ram naam satya
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हिजो डिसेम्बर 23 तारिख द युनाइटेड रुसी पार्टीको 17औँ महाधिवेशनमा रुसका सामु देखापरेको मुख्य कार्य औँल्याउनु भएको छ। उहाँले विकासको प्रत्याभूति, गरिबी निवारण, अर्थतन्त्रको प्रवर्द्धन र रुसको भविष्य निर्माण मुख्य कार्य रहेको बताउनुभयो। केही क्षेत्रमा उक्त सम्बोधन आगामी पुटिनले राष्ट्रपतिको निर्वाचनमा भाग लिने मुख्य कार्यक्रम हुने ठहर रुसी राजनीतिज्ञहरुले लिएका छन्।

पुटिनले सम्बोधनमा भविष्यमा देशको विकास, कार्य र व्यक्तिगत विचारको प्रस्तुत गरेर यो सम्बोधन राष्ट्रपति निर्वाचनमा भाग लिने मुख्य कार्यक्रम हुने रुसी डुमाका अध्यक्ष भ्यछेस्लाभ भोलोडिनले बताउनुभएको छ।

सोही दिन द युनाइटेड रुसी पार्टीले एक वक्तव्य प्रकाशित गरेर राष्ट्रपति निर्वाचनमा पुटिनको सहभागलाई समर्थन दिएको छ।

रुसी राष्ट्रपतिको निर्वाचन आगामी वर्ष मार्च 18 तारिख आयोजना हुनेछ। पुटिनले स्वतन्त्र उम्मेवारको हैसियतमा निर्वाचनमा भाग लिनुहुनेछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *