दूधको मापदण्ड निर्धारण, मापदण्ड नपुगेका दूध बिक्री गर्न प्रतिबन्ध

ram naam satya

नेपाल सरकारले दूधको मापदण्ड निर्धारण गरेको छ। खाद्य ऐन २०२३ अनुसार दूधको मापदण्ड तोकी कार्यान्वयनमा ल्याइएमा ल्याइएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूधलाई चार भागमा बाँडेर छुट्टाछुट्टै मापदण्ड तोकेको छ। हाल नेपालले पाश्चराइज्ड दूधको मात्रै मापदण्ड तयार पारी कार्यान्वयनमा ल्याएको थियो। विभागले फ्याटयुक्त, फ्याटरहित, कम फ्याटयुक्त र सुगन्धित गरी चार प्रकारका प्रशोधित दूधको मापदण्ड कार्यान्वयनमा ल्याएको हो। यो मापदण्ड गत सोमबारको राजपत्रमा समेत प्रकाशित भइसकेको अन्नपूर्णपोस्टले लेखेको छ।

मापदण्ड नपुगेका दूध बिक्री गर्न प्रतिबन्ध लगाइएको छ। ‘अहिलेसम्म हामीसँग पाश्चराइज्ड दूधबाहेक अन्यको हकमा मापदण्ड थिएन, सबै बिरामीलाई एकै प्रकारको दूध खुवाउनु हुँदैन। यसले हानि गर्छ। बिरामीको रोगअनुसार फरक फरक दूध खुवाउनुपर्छ’, विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले भन्नुभयो, ‘प्रत्येक मुलुकमा विभिन्न प्रकारको गुण समावेश भएको दूध उत्पादन गर्ने र बजारीकरण गर्ने अध्यास छ तर हाम्रामा मापदण्ड नै नभएकाले उत्पादन, बजारीकरण र आयात प्रक्रियामा समस्या थियो। यस्ता समस्यालाई दीर्घकालीन रूपमा हटाउन चार प्रकारका दूधको मापदण्ड तयार पारी कार्यान्वयनमा ल्याइएको हो।’

नयाँ मापदण्डका आधारमा स्वदेशी डेरी उद्योगलाई पनि चार प्रकारका दूध उत्पादन र बजारीकरण गर्न बाटो खुलेको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) ले केही समययता सुगन्धित र कम फ्याटयुक्त प्रशोधित दूध उत्पादन गरे पनि मापदण्ड नहुँदा बजारीकरणको समस्या थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *