दुई सातापछि काठमाडौमा राष्ट्रिय कला प्रदर्शनी गरिने

ram naam satya

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कला प्रदर्शनी जेठ २ गते गर्ने भएको छ। राजधानीमा सम्पन्न नवौं प्राज्ञसभा बैठकले राष्ट्रिय कला प्रदर्शनी भव्यतासाथ मनाउन सम्पूर्ण तयारी गर्ने निर्णय गरेको प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले बताए ।

प्रदर्शनीमा चित्रकला, मूर्तिकला, वास्तुकला, परम्परागत लोककला, पर्फरमेन्स आर्ट, इन्टलेसन आर्ट, कार्टुन, फोटोग्राफीलगायत कला प्रदर्शनी गरिने कान्तिपुर अनलाइनले जनाएको छ ।

सभामा प्रतिष्ठानका चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, परम्परागत शिल्पकला, वास्तुकला, तथा अन्य सिर्जनात्मक कला विभागले अहिलेसम्म गरेका कामको अनुमोदन भएको र आगामी कार्यक्रमबारे छलफल भएको कर्माचार्यले जानकारी दिनुभयो।

ललितकला प्रज्ञा प्रतिष्ठानको जग्गा विवादका कारण भवन निर्माण कार्य भने तत्कालका लागि छलफलको विषय नबनाइएको कर्माचार्यले बताउनुभयो तर कला क्षेत्रको विकास र कलाकर्मीको क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा ग्यालरीको, संग्रहालयलगायत पूर्वाधार विकास गर्ने योजना रहेको उहाँले सुनाउनुभयो।

विसं २०७२ साल वैशाख १२ गतेको महाभूकम्पले नेपाल ललितकला पज्ञा प्रतिष्ठानको भवनलाई पूर्ण क्षति पुर्‍याएकाले अस्थायी टहराबाट दैनिक प्रशासनको कार्य सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *