दिल्लीमा जारी बैठक सकारात्मक दिशातर्फ

ram naam satya

नेपाल भारत प्रबुद्ध समूहको संयुक्त बैठक भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको छ। बिहीबारदेखि सुरु बैठकमा पाँचौ बैठकसम्म छलफल भएका विषयहरूको समीक्षा गरिएको छ।

नेपालमा पछिल्लो परिवर्तित राजनीतिक घटनाक्रम तथा चीनको बढ्दो प्रभावले झस्किएको भारतले प्रबुद्ध समूहका माध्यमबाट नेपालसँगको सम्बन्धलाई सुधारोन्मुख बनाउने रणनीति बनाएको बुझिएको छ। उच्च स्रोतका अनुसार इपीजी समूहलाई सकेजति लचक भएर अगाडि बढन भारतीय प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

नेपालको तर्फबाट उठाएका १९५० को सन्धि लगायत अन्य मुद्दामा सकेजति लचक भएर सम्बोधन गर्न मोदीले इपीजीलाई निर्देशन दिएको उच्च स्रोतले जनाएको छ। मोदीले ‘विन ओभर नेपाल’ (नेपालको मन जित) भन्ने निर्देशन दिएको स्रोतले जनाएको छ।

यसैबीच समूहका भारतीय पक्षका संयोजक भगतसिंह कोशियारीले नेपालसँगको सम्बन्धमा भएको असमझदारी (मिसअण्डरस्ट्यान्डिङ) हटाउन १९५० को सन्धि लगायतका विषयमा नेपालले चाहे अनुसार परिमार्जन गर्न सकिने संकेत गर्नुभएको अन्नपूर्ण पोस्टले लेखेको छ।

नेपाली पक्षका संयोजक भारतका लागि नेपालका पूर्व राजदूत डा. भेषबहादुर थापाले नेपालको बृहत्तर हितलाई ध्यानमा राखेर दुई मुलुकबीचको सम्बन्धलाई मजबुत बनाउने गरी छलफल अघि बढाइने बताउनुभयो। बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिको विषयमा आएका राय र चासो लगायत सीमा, डुबान, व्यापार सम्झौतालगायत विषयमा थप छलफल हुने बुझिएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *