दाभोस मञ्चमा चिनियाँ प्रभाव

ram naam satya
जनवरी तेइस तारिखदेखि छब्बीस तारिखसम्म विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलन स्वीजर्ल्याण्डको दाभोसमा आयोजना भैरहेको छ। यसै दाभोस मञ्चको मुख्य विषयमा विविध विश्वको भाग्य समुदायको निर्माण बारेको चर्चा हुँदैछ। यो नै सन् 2017को जनवरी अठार तारिख जेनेभामा राष्ट्राध्यक्ष सी चिन फिङले दिनुभएको मुख्य भाषणको प्रतिकृया र विस्तृत व्याख्या हो।

एक वर्षयता सी चिन फिङले विभिन्न धेरै अवस्थामा मानव जातिको भाग्य समुदायको धारणा देखाउनुका साथै त्यसको अभ्यास गर्न सक्रिय रुपमा अघि बढ्नुपर्ने बताउँदै आउनुभएको छ। साथै यसै मञ्चको प्रमुख छलफल विषय अर्थात् आर्थिक विश्वव्यापीकरण गत वर्षको दाभोस मञ्चमा राष्ट्राध्यक्ष सी चिन फिङले दिनुभएको सम्बोधनको मुख्य विषय पनि हो। धेरै पश्चिमा विश्लेषकहरूले पनि उल्लेख गरेका छन् कि राष्ट्राध्यक्ष सी चिन फिङले गत वर्षको दाभोस मञ्चमा दिनुभएको सम्बोधनले आर्थिक विश्वव्यापीकरणमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ र सम्पूर्ण सफल भएको भन्न पनि मिल्छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *