

48औं विश्व आर्थिक मञ्चको उपलक्ष्यमा दोस्रो “एक पेटी एक मार्ग दाभोस मञ्च” चौब्बीस तारिख दाभोसमा आयोजित भयो। मञ्चमा सहभागी हुनुभएका प्रतिनिधिहरुले “एक पेटी एक मार्ग” पहलबाट सम्बन्धित मुलुक बीचको सहयोगलाई सबल पारेको र क्षेत्रीय विकासका लागि हित ल्याएको बताएका छन्।
संयुक्त राष्ट्र संघका व्यापार तथा विकास सम्मेलनका महासचिव मुकेसा किथुयीले विश्वव्यापीकरण तथा पहुपक्षीयताबाट धेरै चमत्कार सिर्जना गरिएको भएपनि हालै अझ विकासको नयाँ मौका र नयाँ शक्ति खोज्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो। उहाँले “एक पेटी एक मार्ग” मार्फत् धेरै ठूलो योगदान दिनसक्ने पनि बताउनुभयो।
आर्थिक तथा सामाजिक मामिला सम्बन्धी संयुक्त राष्ट्रसंघका उपमहासचिव लिउ चङ मिङले “एक पेटी एक मार्ग”बाट क्षेत्रीय सहयोग तथा विश्वव्यापीकरणलाई नयाँ विचार, नयाँ शक्ति तथा नयाँ मार्गचित्र प्रस्तुत भएको बताउनुभयो। सन् 2030सम्म संसारमा दिगो विकास एजेन्डाको कार्यान्वयन गर्ने यो पहल धेरै महत्वपूर्ण भाग भएको पनि राष्ट्र संघको ठहर छ।

