दसौं दक्षिण एसिया आर्थिक सम्मेलन मंगलबारदेखि राजधानीमा

ram naam satya

(GMT+08:00) 2017-11-14 15:16:29

दसौं दक्षिण एसिया आर्थिक सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु भएको छ। तीन दिनसम्म चल्ने सम्मेलनमा दक्षिण एसियामा समावेशी तथा दिगो विकासका लागि आर्थिक एकीकरणलाई बलियो तुल्याउने विषयमा छलफल हुने जनाइएको छ। राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय तथा सावती (साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड इन्भाइरोनोमेन्ट) को संयुक्त आयोजनामा सम्मेलन सुरू भएको हो। सम्मेलनमा अन्तरक्षेत्रीय व्यापार सम्भाव्यताको खोजी, दिगो विकासका लक्ष्य एवं समावेशी विकास, दक्षिण एसियामा विद्युतीय व्यापार तत्परताको आकलन, अन्तर क्षेत्रीय लगानी सम्भाव्यताको खोजी, व्यापार सहजीकरण, पारवहनलगायत विविध विषयमा छलफल हुने ईकान्तिपुर अनलाइनले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *