दश वर्षमा चालिस हजार मेघावाट विद्युत लक्ष

ram naam satya
१० वर्षमा ४० हजार मेगावाट विद्युत् उत्पादनको मुख्य नारासहित शनिबारदेखि काठमाडौंमा नेपाल पावर इन्भेष्टमेन्ट समिट २०१८ सुरु भएको छ । ऊर्जा विकास परिषद् (ईडीसी) को मुख्य आयोजनामा सुरु भएको पावर समिटिमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले जलविद्युत् लगानीमैत्री वातावरण बनाउने बताउनुभयो। जलविद्युत्मा बाह्य लगानी आकर्षित गर्नुपर्ने बताउँदै उहाँले यसका लागि सरकारले सबै किसिमको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । संघीय र केन्द्रको निर्वाचनपछि सबैको ध्यान आर्थिक समृद्धिमा केन्द्रित भएको बताउँदै उनले अब नेपालको ध्यान जलविद्युत् विकासमा केन्द्रित हुने बताउनुभयो।

नेपालका लागि भारतका राजदूत मञ्जिव सिंह पुरीले आर्थिक समृद्धिका लागि जलविद्युत् विकास महतवपूर्ण रहेको बताउँदै भारतले नेपालमा नौ सय मेगावाटका अरुण तेस्रो र माथिल्लो कर्णालीका साथै पञ्चेश्वर र कोशी उच्च बाँध आयोजनाको निर्माणमा सहकार्य गरी अघि बढेको बताउनुभयो। अरुण तेस्रोको निर्माण सुरु भएको बताउँदै उहाँले यसको विकासबाट नेपालप्रति अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश जाने बताउनुभयो।

भारत, चीन, बंगलादेश, युरोप, कोरिया, अमेरिकालगायत देशका ५५ विज्ञहरूको प्रस्तुतीकरण रहेको पावर समिटमा स्वदेशी तथा विदेशी गरी पाँच सय प्रतिनिधि सहभागी रहेको परिषद्का सचिव सुशील पोखरेलले जानकारी दिनुभयो, कारोबारले लेखेको छ ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *