दलाई लामालाई मन्यता नदिने अन्तराष्ट्रिय बौद्ध धर्म सम्मेलनकाे घोषणा

दलाई लामालाई मन्यता नदिने अन्तराष्ट्रिय बौद्ध धर्म सम्मेलनकाे घोषणा

ram naam satya
– अाचार्य कर्मा लाेब्साङबाट
नेपाल राष्ट्रिय दोर्जे शुग्देन समाजले हालै आयोजना गरेको पहिलो अन्तराष्ट्रिय बौद्ध धर्म सम्मेलनले बौद्ध धर्मगुरू दलाई लामालाई मन्यता नदिने निर्णय गरेको छ ।
नेपाल, भारत, मंगोलिया र इटली लगायतका २० मुलुकबाट करिव ८० जना बौद्ध विद्वानहरू सहभागितामा भएको उक्त सम्मेलनले धर्मगुरू दलाई लामाको नामबाट स्थापना भएका विभिन्न ट्रष्टबाट सहयोग समेत नलिने घोषणा गरेको छ ।
कार्यक्रम आयोजक संस्थाका पूर्व अध्यक्ष गुरू टेङ्गे लामाका अनुसार बुद्ध दर्शनका विभिन्न शिक्षालाईमानव कल्याणमा समर्पित गर्दै सुक्ष्म एवम् बृहत्तर अध्ययनको विषय बनाउन विद्वानहरूद्वारा सुझाव दिइएको छ।
नेपाल-चीन सम्बन्धमा समस्या उत्पन्न हुनसक्ने खतरालाई मध्यनजर राख्दै सोको न्यूनिकरण गर्नका लागि दलाई लामाको सम्बन्धमा तटस्थ बस्ने र पारस्परिक धार्मिक सम्बन्धलाई समेत तटस्थ राख्ने निर्णयसमेत भएको टेङ्गेले जानकारी दिए।
इतिहासको कुनै कालखण्डमा स्वतन्त्र तिब्बत रहेको समयमा दलाई लामालगायतका धर्मगुरूहरू सोही स्थानमा बसोबास गर्दथे। तर, अहिलेका दलाई लामा (जसलाई दलाई लामाको १४ अाैँ अवतार मानिन्छ) हाल भारतको हिमाञ्चल प्रदेशमा बसोबास गर्दै आइरहेका छन्।
शाक्यमुनि बुद्धले दुःखको परिभाषा, दुःखको कारण र समाधानका उपायसहित विकास गर्नुभएको दार्शनिक मत सम्पूर्ण मानव समुदायका लागि दिनुभएको यथार्थ सत्यलाई सम्मेलनले स्वीकार गर्दै शान्तपूर्ण तथा सहअस्तित्वसहितको समाज निर्माण गर्नका लागि बौद्ध साहित्यलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ।
सम्मेलनमा विश्वभर छरिएर रहेका विभिन्न सम्प्रदायमा विभाजित बौद्ध धर्मावलम्वीहरूलाई वैचारिक रूपमा एकताबद्ध गर्दै विश्वमा शान्ति, अहिंसा, भातृत्व र सद्भाव कायम गर्न बौद्ध दर्शनले खेलेको भुमिकालाई अझै संसारभर फैलाउने संकल्प समेत गरिएको छ। बौद्ध साहित्यका विविध पाटाहरूलाई अन्तराष्ट्रिय स्तरमा फैलाई यसको अमुल्य शिक्षालाई समाज सेवामा प्रयोग गर्नु पर्नेमा विद्वानहरूको मतएक्यता रहेको समाजका अध्यक्ष बसुन्धरा श्रेष्ठ लामाले बताइन।
बौद्ध धर्मका विभिन्न सम्प्रदायहरू मध्ये महायान अन्तर्गत ञिङ्मा, शाक्य, कग्यु र गेलुक तथा केही थेरवाद अभ्यासका साथमा बुद्ध तथा उनका समकालीन विभिन्न मतहरू स्थापित छन्। महायान ग्रन्थ तिब्बती भाषामा लेखिएको पाइन्छ। यस महायान सम्प्रदायमा सुत्र र तन्त्रका माध्यमबाट बोधिसत्व साक्षात्कार गर्ने गरिन्छ।
बुद्ध भन्नाले बोधिज्ञान प्राप्त वा अन्तिम सत्यसँग साक्षात्कार गर्ने महामानव भन्ने बुझिन्छ । महायान भित्र ञिङ्मापा, शाक्यपा, काग्युपा र गेलुक्पा सम्प्रदायहरू रहने जानकारी समेत सम्मेलनमा गराइएको थियो। त्यसमध्ये गेलुक्पा सम्प्रदायको कुल देवतालाई दोर्जे शुग्देन भनिन्छ।
भारतबाट सहभागी भएका प्रा. डा. कुन्डेलिङ रिप्पोक्षेले आफ्नो धार्मिक संस्थाले विभिन्न धार्मिक गतिविधि सञ्चालन गर्दै आत्मनिर्भर हुनुपर्नेमा जोड दिएका छन।
Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *