

राष्ट्र संघीय शरणार्थी कार्यालय अर्थात् युएनएचसीआरले डिसेम्बर 23 तारिख एक वक्तव्य प्रकाशित गर्दै दक्षिण सुडान सरकार र विपक्षबीचको युद्ध विरामको स्वागत गरेको छ। उक्त व्यक्तव्यमा युद्ध विराम सम्झौतालाई व्यवहारमा उतार्न आह्वान पनि गरिएको छ।
वक्तव्यका अनुसार, यो युद्ध विराम सम्झौताले युद्धपीडित दक्षिण सुडानका सर्वसाधारणलाई आशा थपिदिएको छ।
दक्षिण सुडान सरकार र विपक्षले डिसेम्बर 21 तारिख इथियोपियामा युद्ध विरान सम्झौतामा हस्ताक्षर गरेका थिए। सो सम्झौतामा विभिन्न पक्षले सबै शत्रुतापूर्ण गतिविधि र हिंसा रोक्नुका साथै मानववादी सहायतामा कुनै बाधा नपुर्याउने उल्लेख छ। उक्त युद्ध विराम सम्झौता आज डिसेम्बर 24 तारिखदेखि लागू हुनेछ।

