दक्षिण र उत्तर कोरियाबीच उच्चस्तरीय वार्ता सम्पन्न

ram naam satya
दक्षिण कोरिया र उत्तर कोरियाले नौ तारिख बेलुकी पान्मुनजोनमा उच्चस्तरीय वार्ता गरेका छन्। दुई पक्षले संयुक्त रुपमा वक्तव्य प्रकाशित गर्दै उत्तर कोरिया प्योङ छाङ हिउँदकालीन ओलम्पिक खेलकुदमा सहभागी हुने तथा दुई पक्षले सैन्य विभागको वार्ताको आयोजना गर्ने विषयहरूबारे सहमति हासिल गरेका छन्। दुई पक्षले विभिन्न क्षेत्रको भेटवार्ता गर्ने, वार्ता र परामर्शमार्फत समस्याको समाधान गर्ने कुरामा पनि जोड दिएका छन्।

दुई पक्षले सार्वजनिक गरेको वक्तव्यअनुसार, उत्तर कोरियाले उच्चस्तरीय प्रतिनिधि मण्डल र राष्ट्रिय ओलम्पिक समितिको प्रतिनिधि मण्डललाई प्योङ छाङ हिउँदकालीन ओलम्पिक खेलकुदमा सहभागिताका लागि पठाउने छ। दक्षिण कोरियाले आवश्यक सुविधा उपलब्ध गराउने छ।

दक्षिण कोरिया र उत्तर कोरियाबीच वर्तमान सैन्य तनावपूर्ण परिस्थितिबारे मतैक्यता भएको छ। दुई पक्षले दक्षिण कोरिया र उत्तर कोरियाका सैन्य विभागहरूबीच वार्ता गर्ने निर्णय पनि गरेका छन्।

दक्षिण कोरियाली एकीकरण मन्त्री चो म्योङ ग्योनले पत्रकार सम्मेलनमा दुई पक्षबीच सदिच्छापूर्ण र मैत्रीपूर्ण वातावरणमा वाता भएको बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *