

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले फेब्रुअरी 19 तारिख अमेरिकाको अनुचित व्यापारिक संरक्षणवादको कदमबारे दक्षिण कोरिया सरकारले विश्व व्यापार संगठनलाई अपील गर्ने लगायतका कदमहरू चाल्ने कुरा बताउनुभएको छ।
दक्षिण कोरियाली राष्ट्रपति भवन चेओङ वा दायले दिएको सूचनाअनुसार, मुन जाइ इनले एक सम्मेलनमा बोल्दै हाल अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्य र विनिमय दर अस्थिर भएको र सबैभन्दा टड्कारो समस्या व्यापारिक संरक्षणवाद भएको दावी गर्नुभएको थियो।

गत महिनाको 22 तारिख अमेरिकाले आयात गर्ने लुगा धुने मेशिन र फोटोवोल्टिक कोशिकाहरू तथा कल पुर्जाका लागि प्रत्याभूति कर संकलन गर्ने कुराको घोषणा गरेको थियो। तर अमेरिकाले आयात गर्ने लुगा धुने मेशिनहरू मुख्यतया दक्षिण कोरियाबाट निर्यात गरिएका हुन्।
